कुमारी बैंकको एटीएम तथा पीओएसमा युनियनपे कार्ड स्वीकार

मंसिर २७, २०८१

कान्तिपुर संवाददाता

काठमाडौँ — कुमारी बैंकको एटीएम तथा पीओएस (पोइन्ट अफ सेल) टर्मिनलमा यूपीआई (युनियनपे इन्टरनेसनल) का कार्ड स्वीकार गरिने भएको छ ।

डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्दै ग्राहकलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङको अनुभव उपलब्ध गराउने लक्ष्यका साथ उक्त सुविधा देशभर उपलब्ध गराइएको बैंकले जनाएको छ । यो सुविधाबाट अब यूपीआई कार्ड प्रयोगकर्ताले बैंकको एटीएममार्फत रकम झिक्न र पीओएस टर्मिनलमार्फत खरिद भुक्तानी गर्न सहज हुनेछ । 

कान्तिपुर

Link copied successfully