यामाहाको 'रिजनल सेल्स स्किल्स’ प्रतियोगिता

मंसिर २६, २०८१

कान्तिपुर संवाददाता

Yamaha's 'Regional Sales Skills' Competition

काठमाडौँ — यामाहा नेपालले काठमाडौंमा ‘रिजनल्स सेल्स स्किल्स कन्टेस्ट’ आयोजना गरेको छ । कम्पनीले बिक्री विशेषज्ञता र उत्पादन ज्ञानमा उत्कृष्टताको उत्सव मनाउने क्रममा मंगलबार उक्त प्रतियोगिता आयोजना गरेको जानकारी दिएको हो ।

प्रतियोगितामा विभिन्न डिलरसिपबाट ११ जना शीर्ष प्रदर्शन गर्ने बिक्री परामर्शदाता सहभागी थिए । प्रतियोगिताको विजेता सल्लाघारीका द ह्विल्सका विकास रञ्जितकार बने । बल्खुस्थित एमएडब्लूबाट कुश्मा देवकोटा पहिलो र रातोपुलस्थित गोर्खा मनकामना अटो इन्टरप्राइजेजका सुमित महर्जन दोस्रो भएको कम्पनीले जानकारी दिएको छ । प्रतियोगितामा यामाहाका डिलरसिप र सोरुम सहभागी थिए । 

कान्तिपुर

Link copied successfully