काठमाडौँ — ‘टीभीएस मोटोसोल २०२४’ को १२५ सीसी स्कुटर डर्ट रेसमा वर्षा बस्नेत विजेता बनेकी छन् । बस्नेतको सफलताले नेपाललाई अन्तर्राष्ट्रिय मोटरस्पोर्ट्समा बलियो रूपमा प्रस्तुत गरेको जनाइएको छ ।
टीभीएस मोटोसोल एक अन्तर्राष्ट्रियस्तरको मोटरसाइकल महोत्सव रहेको जनाइएको छ । चौथो संस्करणको मोटोसोलमा मोटरसाइकल राइडिङ, थ्रिलिङ रेस, नवीनतम कस्टम मोटरसाइकल सार्वजनिक कार्यक्रम र राइडिङ संस्कृतिको विविध पाटोलाई उत्सवका रूपमा मनाइने गरिएको छ । विभिन्न मुलुकका मोटर राइडिङ समुदायको सहभागिता रहने महोत्सवले मोटर स्पोर्ट्सका नयाँ प्रतिभाहरूलाई अगाडि आउन अवसर प्रदान गर्ने जनाइएको छ ।
