हेराल्ड कलेजका ६३१ विद्यार्थी दीक्षित

मंसिर २६, २०८१

कान्तिपुर संवाददाता

631 students of Herald College Dixit

काठमाडौँ — हेराल्ड कलेज काठमाडौंका ६३१ जना विद्यार्थी दीक्षित भएका छन् । कलेजले ‘दीक्षान्त समारोह २०२४’ आयोजना गर्दै आफ्ना सो विद्यार्थीहरू दीक्षित भएको जनाएको हो ।

कलेजको अनुसार यस वर्ष ४२८ जना स्नातक र १९३ जना विद्यार्थी स्नातकोत्तर तहका विद्यार्थीहरू दीक्षित भएका हुन् । समारोहमा कलेजले स्नातक तहका कम्प्युटर साइन्सका विद्यार्थी धीरजकुमार साहलाई इनोभेट नेपाल ग्रुप पोस्ट ग्राजुएट छात्रवृत्ति प्रदान गरेको छ ।

सो अवसरमा इनोभेट नेपाल ग्रुपका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकीले कलेजमा अध्ययनरत विद्यार्थीहरूले देशको सरकारी सेवा र उत्कृष्ट व्यावसायिक प्रतिष्ठानमा आफ्नो भविष्य निर्माण गरिरहेको जनाए ।

कान्तिपुर संवाददाता

Link copied successfully