काठमाडौँ — नबिल बैंकले चौथो ब्याचको ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप’ (नबिल एसएसई) कार्यक्रम सुरु गरेको छ ।
बैंकले सामाजिक उद्यमशीलता विकासअन्तर्गत कार्यक्रम सुरु गरेको हो । बैंकका अनुसार सोमबार त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टमा चौथो ब्याचको फेलोसिप कार्यक्रम औपचारिक रूपमा सुरु गरिएको हो । विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालित यस कार्यक्रममा उद्यमी बन्न चाहने २० जनाले सहभागिता जनाएका छन् । बैंकले सामाजिक उद्यमशीलतामा रुचि राख्ने, नवीन सोच भएका र उद्यमशील क्रियाकलापमा संलग्न नवउद्यमलाई आवश्यक ज्ञान र मार्ग निर्देशन प्रदान गर्ने उद्देश्य राखेर यो कार्यक्रम सञ्चालन गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।
