काठमाडौँ — सीजी इलेक्ट्रोनिक्सले आफ्ना कुनै पनि उत्पादन खरिद गर्दा नेपाल प्रिमियर लिग (एनपीएल) को टिकट पाउन सकिने अफर ल्याएको जनाएको छ ।
यसअन्तर्गत ग्राहकले सीजीका कुनै पनि उत्पादन खरिद गर्दा निःशुल्क एनपीएलको टिकट पाउनेछन् । सीजीले एलजी, टीसीएल, गोदरेज, बेको, सेन्साई, ब्ल्याक एन्ड डेकर, माइडिया, केन्टलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका उत्पादन बिक्री गर्दै आएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी एनपीएलको उत्साहलाई लिएर ग्राहकको सुविधाका लागि उक्त अफर ल्याएको सीजीले जनाएको छ ।
