काठमाडौँ — मेटलाइफ नेपालले २३औं वार्षिकोत्सवका अवसरमा आफ्ना अभिकर्ताका लागि एजेन्सी र व्यवसाय सञ्चालनमा सहयोग गर्ने उद्देश्यले ‘माई एजेन्सी एप’ ल्याएको छ ।
वार्षिकोत्सवका आफ्ना ग्राहकसमक्ष नेपाली परिवारलाई उज्ज्वल भविष्य सुरक्षित प्रदान गर्न थप प्रतिबद्ध रहेको समेत मेटलाइफले जनाएको छ । एपले अभिकर्ताहरूलाई बिमा योजना, अनुप्रयोगहरू व्यवस्थापन गर्न र ग्राहकसँग नजिकको सम्बन्ध बनाउन थप सघाउने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
