काठमाडौँ — राष्ट्रिय वाणिज्य बैंकका नेपाल पे क्यूआर मर्चेन्टले अन्तरदेश भुक्तानी प्राप्त गर्न सक्ने भएका छन् । बैंक र नेपाल क्लियरिङ हाउस (नेपाल पे) बीच भएको सम्झौताले अन्तरदेश भुक्तानी गर्न सकिने भएको हो ।
यो सम्झौतासँगै ४८ देशसँग आबद्धता रहेको अली पे प्लस नेटवर्कमार्फत अन्तरदेश भुक्तानी गर्न सकिने भएको बैंकले जनाएको हो ।
सम्झौताअनुसार क्लियरिङ हाउसले यसको सहजीकरण गर्ने बताइएको छ । नेपाल पे क्यूआर नलिएका ग्राहकले आफ्नो खाता भएको शाखामा सम्पर्क गरी उक्त सुविधा प्राप्त गर्न सकिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
