काठमाडौँ — एपेक्स कलेजका २५८ जना विद्यार्थी दीक्षित भएका छन् । कलेजले ‘एपेक्स कलेज दीक्षान्त समारोह २०२४’ आयोजना गर्दै आफ्ना विद्यार्थी दीक्षित भएको जानकारी दिएको हो ।
यसमा १५० जना स्नातक र १०८ जना स्नातकोत्तर तहका विद्यार्थी छन् । सन् २०२४ का कक्षाका विद्यार्थीलाई सम्मान गर्न उक्त दीक्षान्त समारोह आयोजना गरेको कलेजले बताएको छ, जहाँ कलेजले उत्कृष्ट विद्यार्थी यादवप्रसाद पाण्डेलाई इनोभेट नेपाल ग्रुप पोस्ट ग्राजुएट छात्रवृत्तिसमेत प्रदान गरेको छ । उनी बैंकिङ र इन्स्योरेन्स विषयका स्नातक तहका विद्यार्थी हुन् । उक्त अवसरमा कलेजले दीक्षित विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामनासमेत दिएको छ ।
