काठमाडौँ — टिकटकले सुरक्षित र स्वागतयोग्य डिजिटल स्पेस प्रवर्द्धन गर्न सेफ्टी एम्बेसडर कार्यक्रम सुरु गरेको छ ।
अनलाइनमा प्रयोगकर्ताले आफूलाई व्यक्त गर्दा कसरी प्रचलित डिजिटल सुरक्षा चुनौतीहरूको सामना गर्न सक्छन् भन्नेबारे सचेतना जगाउन उक्त कार्यक्रम डिजाइन गरिएको टिकटकले जनाएको छ ।
यस कार्यक्रममार्फत टिकटकले अनलाइन सुरक्षाबारे सन्देश प्रदान गर्न, प्रयोगकर्तालाई सुरक्षित र जिम्मेवारीपूर्वक डिजिटल संसारमा समन्वय गर्न आवश्यक ज्ञानमार्फत एम्बेसडर नियुक्त गर्नेछ, जसमा टिकटकले प्रभावशाली टिकटक सिर्जनाकर्ता, सेलेब्रिटीलगायतसँग साझेदारी गर्नेछ ।
