टुरिजम सिस्टरहुडको अध्यक्षमा जुनु मलेखु

मंसिर २४, २०८१

कान्तिपुर संवाददाता

Junu Malekhu on the Chairmanship of Tourism Sisterhood

काठमाडौँ — उड्डयन तथा पर्यटन क्षेत्रमा कार्यरत नेपाली महिलाहरूको संगठन टुरिजम सिस्टरहुड नेपाल (टीएसएनए) को अध्यक्षमा क्याथे प्यासिफिक एयरलायन्सकी नेपाल प्रमुख जुनु मलेखु चुनिएकी छन् ।

६० जना साधरण सदस्य रहेको टीएसएनएले लाजिम्पाटस्थित होटल एम्ब्यासडरमा आयोजना गरेको छैटौं साधारणसभाले उपाध्यक्षमा रेन्बो ट्राभलकी कार्यकारी निर्देशक रोजिना रञ्जितलाई चुनेको छ  । त्यस्तै सिलिकं ट्राभलकी कार्यकारी निर्देशक पावना श्रेष्ठ, सचिवमा मुनलेक ट्राभलकी प्रबन्ध निर्देशक बेन्जु मुखियालाई चुनेको छ ।

यस्तै कोषाध्यक्ष एनबीएम ट्राभलकी कार्यकारी निर्देशक केबिना पाल अधिकारीलाई चुनेको छ ।  साधरणसभाले सदस्यहरुमा १९०५ रेस्टुरेन्टकी सञ्चालक प्रज्ञा शर्मा, टुरिजम फ्रिलाइसर सुचिता जोशी, काठमाडौं मेरियट होटलकी मार्केटिङ निर्देशक हेमा श्रीपाली, र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल (नाट्टा) की महासचिव युविका भण्डारीलाई चयन गरेको छ ।

निर्वतमान अध्यक्ष अनुपा बुढाथोकीका अनुसार, यस संस्थाले महिलाहरुलाई नेपालको पर्यटन तथा उड्डयन उद्योगमा सिपमुलक तालिम, क्षमता विकास, डिजिटल तथा इन्फ्ल्वेसर मार्केटीङ को तालिम दिदै आएको छ । साधारणसभाले ६ जना महिलाले मध्यपहाडी राजमार्ग हुँदै मुगुको रारासम्म गरेको यात्राको वृत्तचित्र प्रर्दशनी गरेको थियो ।

कान्तिपुर

Link copied successfully