हुन्डाईको ‘डिसेम्बर डिलाइट’ छुट अफर

मंसिर २४, २०८१

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टले ‘डिसेम्बर डिलाइट’ अफर सुरु गरेको छ ।

कम्पनीका अनुसार यो अफर मंसिर २४ देखि ३० सम्म सञ्चालन हुनेछ, जहाँ ग्राहकले गाडी खरिदमा छुट पाउनेछन् ।

यो अफरअन्तर्गत ग्राहकले हुन्डाई गाडीको खरिदमा ६ लाख रुपैयाँसम्मको छुट, पाँच लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस र एक वर्षको बिमा सेवा पाउनेछन् ।

यस अफरमा जिरो कस्ट अनरसिप प्लान रहेको कम्पनीको भनाइ छ । यसमा ग्राहकले आफूलाई मनपर्ने गाडी सजिलै खरिद गर्न सक्नेछन् । साथै तीन वर्षको निःशुल्क चेकअप, गाडी मर्मत सामग्री, वास कुपन र तीन वर्षको सर्भिसिङ प्याकेजको सुविधा रहेको कम्पनीले जनाएको छ ।

कान्तिपुर

Link copied successfully