काठमाडौँ — यती एयरलाइन्सले सञ्चालन गरेको ‘यतीसँग उत्सवको उमंग’ योजनाको बम्पर उपहार गृष्मा खनालले जितेकी छन् ।
चाडपर्वका अवसरमा यतीले सञ्चालन गरेको उक्त योजना विजेता शनिबार घोषणा गरिएको हो । बम्पर पुरस्कार विजेता गृष्माले पानारोमा बेनेली १२५ सीसीको स्कुटर हात पारिन् ।
यसैगरी योजनाका दोस्रो विजेता राजेन्द्र राईले हीराको चेन र तेस्रो विजेता सिर्जना केसीले फ्रिज हात पारे । कम्पनीले चाडपर्वको समयमा यात्रा गर्ने यात्रुलाई लक्ष्य गर्दै उक्त योजना सञ्चालन गरेको जनाएको छ ।
उक्त योजना असोज २२ देखि मंसिर २१ सम्म सञ्चालन गरिएको थियो ।
