युरो किड्स गोठाटारले सानिमा बैंकका ग्राहकलाई छुट दिने

मंसिर २४, २०८१

कान्तिपुर संवाददाता

Euro Kids Gothatar will offer discounts to Sanima Bank customers

काठमाडौँ — युरो किड्स, गोठाटार र सानिमा बैंकबीच छुट उपलब्ध गराउने विषयमा सम्झौता भएको छ । सम्झौतामा अनुसार सानिमा बैंकका कर्मचारी तथा ग्राहकलाई युरोकिड्स, गोठाटारले छुट उपलब्ध गराउने भएको हो ।

सम्झौतापत्रमा युरो किड्स, गोठाटारका प्रबन्ध निर्देशक हेमन्त गौतम र सानिमा बैंक काँडाघारीकी शाखा प्रबन्धक प्रमिका विष्टले हस्ताक्षर गरेका छन । सम्झौतामा सानिमा बैंकका कर्मचारी तथा सानिमा बैकको डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ता वा क्यूआर कोड प्रयोग गर्ने ग्राहकलाई युरोकिड्स, गोठाटारले विद्यार्थी भर्नामा २५ प्रतिशत र मासिक शुल्कमा १५ छुट दिने जनाएका छन् । विश्वभर करिब १४ सय शाखा रहेको यूरो किड्सको गोठाटार शाखा सबैभन्दा कान्छो हो ।

काठमाडौंमा १, ललितपुरमा १ र भक्तपुरमा २ वटा गरी ४ वटा युरो किड्सका शाखा संचालनको अनुभव बटुलेका नवराज काफ्ले युरो किड्स गोठाटारका अध्यक्ष हुन् । ‘सानिमा वैकसँगको सहकार्यले युरो किड्सलाई थप उर्जा मिलेको छ,’ अध्यक्ष काफ्ले भने, ‘ केही महिना अगाडि सञ्चालनमा आएको युरो किड्स गोठाटारमा प्ले ग्रुपदेखि १ कक्षासम्म पढाई भइरहेको छ, संचालनमा आएको छाटो समयमा नै अभिभावकबाट राम्रो प्रतिक्रिया पाइरहेका छौं ।’

बालबालिकाहरुको शिक्षा, स्वास्थ्य र शारिरीक विकासको लागि प्रशस्त खेलमैदान सहीतको शैक्षिक गन्तव्यको रुपमा युरो किड्स गोठाटार विकास भइरहेकोले व्यवहारिक र गुणस्तरिय शिक्षाको लागि नै यूरो किड्स सन्चालनमा आएको प्रधानाध्यापक सम्झना गिरीको भनाइ छ ।

देश विदेशका शैक्षिक संस्थाहरूसँग सहकार्य गर्दै अन्तर्राष्ट्रिय स्तरको शिक्षा र सांस्कृतिक वातावरण आदानप्रदानमा जोड दिने प्रबन्ध निर्देशक हेमन्त गौतम बताउँछन् । उनी भन्छन्, ‘सानिमा बैंकसँगको सहकार्यमा स्कुल र बैंकलाई दुवैलाई फाइदा पुग्नेछ ।’

युरो किड्स गोठाटारमा अहिले आकर्षक छुटसहित विद्यार्थी भर्नाका लागि अवसर खुलेको छ । अन्तर्राष्ट्रियस्तरको सिकाइका लागि आफ्ना बच्चाका लागि युरो किड्स गोठाटार उपयुक्त विद्यालय बन्न सक्छ ।

कान्तिपुर

Link copied successfully