काठमाडौँ — नेपाल एसबीआई बैंकले कैलाली, लम्की चुहान नगरपालिका–३ स्थित नेपाल राष्ट्रिय कर्णाली माध्यमिक विद्यालयलाई दुई लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विद्याललाई उक्त सहयोग गरेको जनाएको छ । बैंकले विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि स्कुल ब्याग, शैक्षिक सामग्री तथा पोसाकसमेत वितरण गरेको छ ।
उक्त सामग्री बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले विद्यालय व्यवस्थापन समिति अध्यक्ष वसन्ती बलामी र प्रधानाध्यापक जंगबहादुर तारामीलार्ई हस्तान्तरण गरे ।
