काठमाडौँ — एनसेल फाउन्डेसन, साथी संस्था र जोन्टा क्लब अफ काठमाडौंले लैंगिक हिंसा अन्त्य गर्ने साझा प्रतिबद्धतालाई अगाडि बढाउन ‘अरेन्ज द स्कुल’ अभियान सञ्चालन गरेका छन् ।
उक्त अभियान लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान र ग्लोबल जोन्टा ‘सेज नो’ अभियानअन्तर्गत आयोजना गरिएको कार्यक्रममध्ये एक रहेको जनाइएको छ ।
अभियानअन्तर्गत हालसम्म १० विद्यालयमा करिब १५ सय विद्यार्थीलाई प्रत्यक्ष रूपमा सहभागी गराइसकिएको संस्थाहरूले जनाएका छन् ।
विद्यार्थी र शिक्षकलाई लैंगिक हिंसा, बालविवाह, साइबर बुलिङ, साइबर सुरक्षा तथा डेटा प्राइभेसीलगायत विषयमा जानकारी दिने र सुरक्षित तथा समान वातावरणको प्रवर्द्धनबारे सचेतना जगाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको एनसेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
