हुन्डाईको सान्टा एफईलाई अवार्ड

मंसिर २२, २०८१

कान्तिपुर संवाददाता

Awards to Hyundai's Santa FE

काठमाडौँ — हुन्डाईको नयाँ सान्टा एफईले वर्ष २०२५ का लागि ‘कार वाउ अवार्ड’ प्राप्त गरेको छ । यस अवार्डले हुन्डाईको उत्पादनको गुणस्तर र मान्यतालाई झल्काएको कम्पनीको दाबी छ ।

साथै हुन्डाईले एसयूभीतर्फ अनलाइन मार्केटप्लेस फ्यामिली भ्याल्युज अवार्डसमेत जितेको छ । हुन्डाई आयोनिक ५एन लाई कार वाउको टेक ट्रेलब्लेजरको सम्मानसमेत प्रदान गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

कार वाउ पुरस्कार निर्णायक टोलीबाट कारको मूल्य, कार्यसम्पादन, दक्षता, आराम र व्यावहारिकताका आधारमा वार्षिक रूपमा सयौं कारबाट छनोट गरिने जनाइएको छ । 

कान्तिपुर

Link copied successfully