काठमाडौँ — सामसङ नेपालले ग्राहकका लागि सामसङ टीभी खरिदमा ३१ प्रतिशतसम्म छुटको योजना ल्याएको छ ।
कम्पनीले नेपाल प्रिमिय लिग (एनपीएल) चलिरहेको समयमा ग्राहकलाई घरमै बसी ठूलो स्क्रिनमा क्रिकेट हेर्न उक्त छुट योजना ल्याएको विज्ञप्तिमा उल्लेख छ । यो योजनासँगै ग्राहकले अब सामसङको क्यूएलईडी र क्रिस्टल यूएचडी फोरके टीभीमा छुट पाउनेछन् ।
साथै १२ महिनाको अवधिमा शून्य प्रतिशत ब्याजदरमा सामसङको टीभी खरिद गर्न सकिनेसमेत कम्पनीले जनाएको छ ।
