बजारमा सेन्सेईको नयाँ वासिङ मेसिन 

मंसिर २१, २०८१

कान्तिपुर संवाददाता

Sensei's new washing machine in the market

काठमाडौँ — नेपालका लागि सेन्सेईको आधिकारिक वित्रेता सीजी इलेक्ट्रोनिक्सले नयाँ वासिङ मेसिन बजारमा ल्याएको जनाएको छ । सीजीले सेन्सेईको फ्रन्ट लोड वासिङ मेसिन बजारमा ल्याएको हो ।

कम्पनीका अनुसार सेन्सेईको उक्त वासिङ मेसिनमा कपडा सफा गर्न प्रभावकारी पावर सिस्टम प्रविधि, ऊर्जा बचत गर्न इन्भर्टर, १० वर्षको वारेन्टी, कपडाको दाग हटाउन स्टेन ट्रिटमेन्ट, १५ मिनेटको वासिङ फिचर र ८ किलोको क्षमताजस्ता विशेषता छ ।

सेन्सेईको उक्त वासिङ मेसिन देशभरका आधिकारिक शोरुममा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully