पुल्चोकमा इम्बार्क कलेज 

मंसिर २१, २०८१

कान्तिपुर संवाददाता

काठमाडौँ — गोल्छा ग्रुप र ग्लोकलको सहकार्यमा स्थापित इम्बार्क कलेजले औपचारिक रूपमा आफ्नो यात्रा सुरु गरेको छ । ललितपुर, पुल्चोकमा अवस्थित कलेजले उद्यमशीलता, आधुनिक शिक्षा र सीपमा आधारित अध्यापन गराउने जनाएको छ ।

गत मंसिर १३ मा शिक्षा मन्त्रालयबाट स्वीकृति लिएको कलेजले बताएको छ । कलेजले बेलायतको विश्वविद्यालय रोह्याम्प्टनसँगको शैक्षिक साझेदारीमा स्नातक र स्नातकोत्तर तहको व्यस्थापन संकायको विषय सञ्चालन गरेको छ ।

यी विषयमा कलेजले मंसिर १४ बाट भर्ना सुरु गरिसकेको विज्ञप्तिमा उल्लेख छ । यस विषयमा रोह्याम्पटन विश्वविद्यालयका उपकुलपति जेन नोयल इजिनगर्डले भविष्य केन्द्रित शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले इम्बार्क कलेजसँग सहकार्य गरेको बताए ।

उद्यमशीलता विकासमा केन्द्रित भएर इम्बार्क कलेजलाई नेपालमा उद्यमशीलताको पावर हाउसका रूपमा स्थापित गर्ने लक्ष्य लिएको कलेजका अध्यक्ष शेखर गोल्छाको भनाइ छ । 

कान्तिपुर

Link copied successfully