प्राइम बैंकको ५ प्रतिशत नगद लाभांश 

मंसिर २०, २०८१

कान्तिपुर संवाददाता

काठमाडौँ — प्राइम कमर्सियल बैंकले आफ्ना सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको बुधबार सम्पन्न सत्रौं वार्षिक साधारणसभाले उक्त निर्णय गरेको हो ।

बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको सभापतित्वमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सञ्चालक समितिद्वारा प्रस्तावित चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव अनुमोदन गरेको हो ।

बैंकको चुक्ता पुँजी १९ अर्ब ४० करोड २५ लाख ७५ हजार ७ सय रुपैयाँ रहेको जनाइएको छ ।

कान्तिपुर

Link copied successfully