काठमाडौँ — मुक्तिनाथ विकास बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच अन्तरदेशीय भुक्तानीसम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार बैंकको नेपाल पे क्यूआर तथा यसमा इन्टरअपरेबल मर्चेन्ट क्यूआरमा अलिपे प्लसको नेटवर्कमार्फत नेपालमा भुक्तानी गर्न सकिने जनाइएको छ ।
यसबाट चीन, हङकङ, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्यान्ड, साउथ कोरिया, स्विडेन, इटलीलगायतको देशबाट नेपाल आएका पर्यटकले डोमेस्टिक वालेटमार्फत बैंकको क्यूआर तथा मर्चेन्ट क्यूआरमा सजिलै भुक्तानी गर्न सक्नेछन् ।
