काठमाडौँ — सूर्यज्योति लाइफ इन्स्योरेन्सले अनलाइनमार्फत बिमालेखा नवीकरण गर्ने बिमितका लागि उपहार योजना ल्याएको जनाएको छ । कम्पनीले खल्तीसँगको सहकार्यमा उक्त योजना ल्याएको हो ।
योजनाअनुसार खल्तीमार्फत बिमा शुल्क भुक्तानी गर्ने बिमितले उपहार प्राप्त गर्नेछन् । यो योजना भने आउँदो पुस २९ सम्मका लागि मान्य हुने कम्पनीले जनाएको छ ।
बिमितले खल्तीबाट प्रिमियम भुक्तानी गर्दा ३ सय देखि ५ सय रुपैयाँ फिर्तासमेत प्राप्त गर्नेछन् । यसका लागि बिमितले नवीकरणअगाडि नै भुक्तानी गर्नुपर्ने जनाइएको छ ।
उपहारमा भने बिमितले सिनेमा टिकट पाउनेछन् । र एक भाग्यशाली विजेताले इयर बड जित्न सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
