नाडा र चिनियाँ काउन्सिलबीच व्यापारिक सम्झौता

मंसिर १९, २०८१

कान्तिपुर संवाददाता

Trade Agreement between NADA and Chinese Council

काठमाडौँ — नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र चिनियाँ काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड अटोमोबाइल सब–काउन्सिलबीच व्यापारिक सम्झौता भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा गएको व्यापारिक प्रतिनिधि मण्डलमा नाडा पनि सहभागी भएको छ ।

नाडाका अध्यक्ष करण चौधरी र महासचिव सुरेन्द्रकुमार उप्रेतीको उपस्थितिमा पूर्वनिर्धारित कार्यक्रमअनुसार दुई देशका व्यापारिक प्रतिनिधि मण्डलबीच विभिन्न विषयमा छलफल भएको थियो ।

छलफलका क्रममा नाडा र चिनियाँ काउन्सिलबीच अटोमोबाइल क्षेत्रको व्यापार र सहकार्यलाई थप मजबुत बनाउन सम्झौता भएको हो ।

सम्झौताले नेपाल र चीनबीच आर्थिक सम्बन्धलाई सुदृढ गर्न, व्यापार प्रवर्द्धन गर्न र अटोमोबाइल उद्योगमा दिगो विकासका सम्भावनाहरू अघि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने नाडाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कान्तिपुर

Link copied successfully