ग्लोबल आईएमई बैंकका ग्राहकलाई सिग्मा डायग्नोसिसमा छुट

मंसिर १९, २०८१

कान्तिपुर संवाददाता

Discount on Sigma Diagnostics for Global IME Bank customers

काठमाडौँ — ग्लोबल आईएमई बैंकका ग्राहकले भक्तपुरस्थित सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट पाउने भएका छन् । बैंक र ल्याबबीच मंगलबार भएको सम्झौताअनुसार ग्राहकले छुट पाउने भएका हुन् ।

सम्झौतामा बैंकका सहायक महाप्रबन्धक तथा वाग्मती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र ल्याबका ल्याबरोटोरी डाइरेक्टर वेदप्रकाश मिश्रले हस्ताक्षर गरे ।

सम्झौताअनुसार बैंकका डेबिट तथा त्रेडिट कार्डवाहक र बैंकको मोबाइल बैंकिङ प्रयोगकर्ताले ल्याबको इनहाउस टेस्टमा ४० प्रतिशत र आउटसोर्स सेवामा २० प्रतिशत छुट पाउनेछन् । 

कान्तिपुर संवाददाता

Link copied successfully