काठमाडौँ — महालक्ष्मी विकास बैंकले दरबारमार्ग शाखालाई अपांगमैत्री बनाएको जनाएको छ ।
बैंकले मंगलबार परेको अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा सस्थांगत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शाखालाई अपांगमैत्री बनाएको जानकारी दिएको हो ।
अपांगता भएका व्यक्तिको बैंकिङ कारोबारलाई थप सहजीकरण गर्न दरबारमार्ग शाखालाई अपांगमैत्री रूपमा विकास गर्न प्रयास गरेको बैंकको भनाइ छ ।
