नयाँ भवनमा राष्ट्रिय वाणिज्य बैंकको सेवा 

मंसिर १८, २०८१

कान्तिपुर संवाददाता

Services of National Commercial Bank in new building

काठमाडौँ — राष्ट्रिय वाणिज्य बैंकको लुम्बिनी प्रादेशिक र शाखा कार्यालयको नवनिर्मित भवन उद्घाटन गरेको छ ।

शनिबार एक कार्यक्रमबीच उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकको बुटवल लुम्बिनी प्रादेशिक र शाखा कार्यालय भवनको उद्घाटन गरे । उक्त अवसरमा मन्त्री पौडेलले समयसँगै सबै कुराहरूलाई रूपान्तरण गरी अग्रणी बैंक बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुंगानाले नेपालको माटो सुहाउँदो सेवा र सुविधा प्रदान गर्न बैंक प्रतिबद्ध रहेको जनाए । बैंकले उत्पादनलाई जोड दिँदै कृषि, पर्यटन, ऊर्जा, साना उद्यम एवम् पूर्वाधार क्षेत्रमा लगानी बढाएको बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले जानकारी दिए । 

कान्तिपुर संवाददाता

Link copied successfully