काठमाडौँ — सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बिमालेखका लागि शतप्रतिशत विलम्ब शुल्क छुटसहितको पुनर्जागरण अभियान सुरु गरेको छ ।
कम्पनीका अनुसार सो अभियान मंसिर १६ देखि २८ सम्म मात्र लागू हुनेछ । अभियानअन्तर्गत ग्राहकले बिमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुविधा पाउने कम्पनीले जनाएको छ । कम्पनीले आफ्ना ग्राहकलाई उक्त सुविधाको फाइदा लिई बिमालेख नवीकरण गर्न आग्रह गरेको छ ।
