लुम्बिनी लायन्सको मुख्य प्रायोजकमा एनसेल

मंसिर १८, २०८१

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) का लागि लुम्बिनी लायन्स क्लबले आफ्नो मुख्य प्रायोजकका रूपमा एनसेल अनुबन्धित भएको छ ।

आइतबार राजधानीमा आयोजित एक समारोहबीच लुम्बिनीले आफ्नो मुख्य प्रायोजक सार्वजनिक गरेको हो । मुख्य प्रायोजन सम्बन्धमा क्लबका अध्यक्ष ईश्वर जीसी र एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर युमोभले हस्ताक्षर गरे । उक्त कार्यक्रममा लुम्बिनीका ब्रान्ड एम्बेसडर राजेश हमाल, कप्तान रोहित पौडेल, बेलायतका क्रिकेटर टम मुर्सलगायत खेलाडी सहभागी थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully