एमजी मोटर्सको एस-५ इलेक्ट्रिक एसयूभी 

मंसिर १८, २०८१

कान्तिपुर संवाददाता

MG Motors' S-5 Electric SUV

काठमाडौँ — एमजी मोटर्सले नयाँ विद्युतीय गाडी एसयूभी एमजी एस५ ईभी सार्वजनिक गरेको छ । एमजी एस५ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी रहेको कम्पनीले जानकारी दिएको छ ।

उक्त गाडीको मूल्य १ लाख ३ हजार ९ सय आरएमबीबाट सुरु हुने कम्पनीले बताएको छ । कम्पनीका अनुसार यो इलेक्ट्रिक गाडीमा एकल मोटर रियर ह्विल ड्राइभ सेटअपमा चल्छ ।

यसले १६५ हर्सपावर र २५० एनएम टर्कको उत्पादन दिन्छ । एमजी एस५ मा आरामदायी र आधुनिक शैलीको डिजाइन गरिएको छ ।

गाडीमा ठूलो फ्लोटिङ सेन्ट्रल कन्ट्रोल स्क्रिन ड्यास बोर्ड र स्पोर्टी फ्ल्याट बटम स्टेरियरिङ ह्विलको डिजाइन छ । एमजी एस५ मा ४२५, ५१५ र ५२५ किलोमिटर गरी ३ भेरियन्टमा उपलब्ध रहेको कम्पनीले बताएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully