काठमाडौँ — एमएडब्लू ग्रुपले ‘फोटोन ग्लोबल अवार्ड २०२४’ मा सम्मानित भएको छ । ‘लिडरसिप इन न्यु इनर्जी प्रोमोसन’ र ‘एक्सेलेन्स इन सेल्स’ अवार्डबाट ग्रुप सम्मानित भएको हो ।
कम्पनीका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाललाई लिडर सिप इन न्यु इनर्जी अवार्ड प्रदान गरियो । नेपालमा फोटोन ईभी सवारी साधन अपनाउँदै दिगो ऊर्जामार्फत राष्ट्रको यात्रामा अग्रणी भूमिका निर्वाह गरेको अवसरमा ग्रुपको कमर्सियलको महत्त्वपूर्ण भूमिकालाई सम्मान गरेको कम्पनीको भनाइ छ ।
यसैगरी ग्रुपअन्तर्गतको एमएडब्लू वृद्धि कमर्सियलका प्रमुख कार्यकारी अधिकृत तुषार गुप्ताले नेपालमा ईभी भ्यानका लागि एक्सेलेन्स इन सेल्स अवार्ड प्राप्त गरे । फोटोन ग्रुपका उपाध्यक्ष र फोटोन ओभरसिज बिजनेसका अध्यक्ष फू जुन स्वयंले उक्त अवार्ड प्रदान गरेका थिए ।
