जस्मिन पेन्ट्सको ‘सानदार उपहारको बजार’ 

मंसिर १८, २०८१

कान्तिपुर संवाददाता

काठमाडौँ — जस्मिन हाइजिन प्रोडक्सट्सले ‘सानदार उपहारको बहार स्क्र्याच गरी जितौं पुरस्कार’ योजना बजारमा ल्याएको छ ।

कड्लर्स डाइपरको बजार प्रवर्द्धन गर्ने उद्देश्यले उक्त उपहार योजना ल्याइएको कम्पनीले जनाएको छ । उक्त योजनाअन्तर्गत ग्राहकले कड्लर्स डायपरको प्याकेटभित्र स्क्र्याच कुपन प्राप्त गर्नेछन्, जहाँ स्क्र्याच गर्दा आईफोन, पाँच ग्राम सुन, टीभी, स्मार्टफोन, रिचार्ज कार्ड, निःशुल्क डायपरलगायत उपहार पाउन सकिनेछ ।

कड्लर्स डायपर नवीन प्रविधि प्रयोग गरी उत्पादन गरिएको अन्तर्राष्ट्रिय स्तरको डायपर रहेको कम्पनीको दाबी छ । यसको प्रयोगले बच्चालाई स्वस्थ राख्न सहयोग गर्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कान्तिपुर संवाददाता

Link copied successfully