काठमाडौँ — नागरिक लगानी कोषले अब आफ्ना शाखा कार्यालयबाटै आवास र सरल कर्जा उपलब्ध गराउने भएको छ ।
योसँगै कोषका सहभागीहरूले शाखा कार्यालयबाट आवास र सरल कर्जा पाउनेछन् । मोफसलबाट समेत सो कर्जा लिन सहज बनाउने उद्देश्यले कोषले यस्तो सुविधा ल्याएको हो । यसअघि कोषका शाखा कार्यालयहरूले आवास र सरल कर्जा स्वीकृतिका लागि कर्जाको कागजपत्र केन्द्रीय कार्यालयमा पठाउनुपर्ने व्यवस्था थियो । नयाँ व्यवस्थापछि निश्चित रकमसम्मको कर्जा शाखा कार्यालयबाट उपलब्ध हुनेछ ।
