‘सोनु निगम लाइभ इन नेपाल’ आयोजना गर्दै दिपल 

मंसिर १८, २०८१

कान्तिपुर संवाददाता

Deepal organizing 'Sonu Nigam Live in Nepal'

काठमाडौँ — विद्युतीय ब्रान्ड दिपल ‘सोनु निगम लाइभ इन नेपाल’ कन्सर्टको मुख्य प्रायोजकको रूपमा जोडिएको छ ।

दिपलले कला, संस्कृति र अद्वितीय अनुभवलाई सम्बन्धलाई प्राथमिकता उक्त कार्यक्रम आयोजना गर्न लागेको उल्लेख गरेको छ । नेपाली टच इभेन्ट्सले ह्यात ग्राउन्डमा आयोजना गर्न लागेको यो कार्यक्रम पुस १० मा हुनेछ । कार्यक्रमको मुख्य प्रायोजकसम्बन्धी सम्झौता पत्रमा एमएडब्लू वृद्धि अटो कर्पका प्रबन्ध कार्यकारी निर्देशक विवेक सिकारिया र आयोजक इभेन्ट्सका प्रबन्ध निर्देशक राज गोस्वामीले हस्ताक्षर गरे ।

कान्तिपुर संवाददाता

Link copied successfully