काठमाडौँ — नेपाल एसबीआई मर्चेन्ट बैंकिङ सञ्चालक समितिको अध्यक्षमा विकास आनन्द नियुक्त भएका छन् ।
एसबीआई मर्चेन्टको ६६औं बैठकले सोमबार आनन्दलाई नेपाल एसबीआई बैंकका तर्फबाट सञ्चालकका रूपमा मनोनीत गरी पठाइएको थियो । सोही बैठकले आनन्दलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मतिबाट चयन गरेको जनाइएको छ । आनन्दले प्रचलित कम्पनी ऐनबमोजिम गोपनीयता तथा इमानदारिताको शपथ ग्रहण गरिसकेका छन् । बैंकको प्रमुख सञ्चालन अधिकृत रहिसकेका उनले बैंकको केन्द्रीय सञ्चालन, मानव संसाधन, कर्जा प्रशासन, सामान्य सेवा तथा कानुनलगायत मामिलासम्बन्धी जिम्मेवारी वहन गरेको विज्ञप्तिमा उल्लेख छ ।
