एयर डाइनेस्टीले थप्यो ४५ करोडमा नयाँ हेलिकोप्टर

मंसिर १, २०८१

कान्तिपुर संवाददाता

Air Dynasty added a new helicopter at 45 crores

काठमाडौँ — ३० वर्ष पुरानो हेलिकोप्टर कम्पनी एयर डाइनेस्टीले एयरबस कम्पनीको नयाँ हेलिकोप्टर थपेको छ ।

करिब ४५ करोड लागत परेको उक्त हेलिकोप्टरलाई फ्रान्सबाट भारतको कोलकाता हुँदै सडकमार्गबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा एसेम्बल गरिएको कम्पनीका वरिष्ठ प्रबन्धक बालकृष्ण पण्डितले जनाए ।

‘फ्रान्सबाट पोखरासम्म ल्याइपुर्‍याउँदा करिब ४५ करोड लागत पर्‍यो,’ वरिष्ठ प्रबन्धक पण्डितले भने, ‘समुद्री र सडकमार्ग हुँदै ल्याइएका सबै पार्टपुर्जा र इन्जिनलाई पोखरा विमानस्थलमा एयरबसबाट तालिमप्राप्त इन्जिनियर र प्राविधिकले जोडेका थिए । यो हेलिकोप्टरसहित एयर डाइनेस्टीसँग अब चार हेलिकोप्टर भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले यसको आधार विमानस्थल पोखरालाई तोकेको छ । यसको रजिस्ट्रेसन नम्बर नाइन नोभेम्बर–अल्फा ओस्कर डेल्टा दिएको छ । रसुवाको स्याफ्रुबेंसी जाँदै गरेको यो कम्पनीको हेलिकोप्टर साउनमा शिवपुरी निकुञ्जको सूर्यचौरमा दुर्घटनामा परेपछि यो कम्पनीसँग चार्टर उडानका लागि तीनवटा हेलिकोप्टर थिए ।

कान्तिपुर

Link copied successfully