काठमाडौँ — सेल्सबेरी र लीडिङ आईटी सोलुशन प्रदायक कम्पनी आईएमएस सफ्टवेयर प्रालिबीच सहकार्यको एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
नेपालको रिटेल व्यवस्थापन क्षेत्रलाई अझ मजबुत बनाउने दिशामा दुवै कम्पनीहरूको लागि महत्वपूर्ण कदमको रुपमा लिइएको छ। यस समझदारीमा सेल्सबेरीका अध्यक्ष सुशिल प्रधानाङ्ग र आईएमएस सफ्टवेयर प्रा.लिका प्रबन्ध निर्देशक सन्तोष ताम्राकारले हस्ताक्षर गरेका छन् ।
सन् १९९३ साल पोखरामा स्थापना भएको सेल्सबेरी एक प्रख्यात डिपार्टमेन्टल स्टोर हो। सेलवेज क्यास एण्ड क्यारी प्रा लिले सेलवेज ब्रान्ड अन्तर्गत १० वटा र सेल्सबेरी ब्रान्ड अन्तर्गत २८ वटा गरी कुल ३८ वटा स्टोरहरू सञ्चालन गरिरहेको छ ।
कम्पनीले पोखरामा सेलवेज र काठमाडौंमा सेल्सबेरी ब्रान्डलाई प्राथमिकता दिई आफ्नो व्यापार विस्तार गरिरहेको छ।
सन् २००० सालमा स्थापना भएको आईएमएस सफ्टवेयर प्रालिले स-साना, ठूला र सबै प्रकारका व्यवसायहरूको आवश्यकता अनुरुप आईटी सोलुशन विकास गर्दै आएको दुई दशकभन्दा बढीको अनुभव भएको कम्पनी हो। यसका आईटी सोलुशनले डिपार्टमेन्टल स्टोर, रेस्टुरेन्ट र क्याफेहरू लगायत विभिन्न उद्योगहरूलाई समेट्छ। नेपाल, भारत, मलेशिया, युएई, बेलायत र जापान गरी २०,००० भन्दा बढी ग्राहकहरूको साथ,आईएमएस सफ्टवेयर आफ्नो सफ्टवेयर सोलुशन मार्फत अदभुत सेवा प्रदान गर्ने कम्पनीको रूपमा स्थापित भएको छ।
