काठमाडौँ — राष्ट्रिय वाणिज्य बैंक (आरबीबी) ले ‘फेस्टिभ अफर अफ भेहिकल लोन’ योजना ल्याएको छ । बैंकले ७.७७ प्रतिशत स्थिर ब्याजदरमा निजी प्रयोजनका गाडीका लागि उक्त योजना ल्याएको हो ।
बैंकले नजिकिँदै गरेको चाडलाई लक्ष्य गर्दै उक्त योजना ल्याएको जानकारी दिएको छ । बैंकका अनुसार मासिक किस्ताबन्दीमा कर्जा भुक्तानी गर्ने गरी अधिकतमा एक करोड रुपैयाँसम्म कर्जा लगानी गर्नेछ ।
गाडीको कोटेसनमा अंकित मूल्यको विद्युतीय गाडीमा बढीमा ८० र पेट्रोल तथा डिजेल गाडीमा बढीमा ५० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्ने जनाएको छ । कर्जा अवधि अधिकतम सात वर्ष छ ।
