२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३२

जंगल सफारी लजमा ३५ प्रतिशत छुट

काठमाडौँ — चितवन साैराहास्थित जंगल सफारी लजले `अर्ली बर्ड अफर´ सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकले २०८१ असार १ बाट चैत्र ३० सम्म कोठा बुकिङ गर्दा प्रकाशित मूल्यमा ३५ प्रतिशत छुट पाउनेछन् । 

जंगल सफारी लजमा ३५ प्रतिशत छुट

यो अफर प्राप्त गर्न ग्राहकले लजकाे अफिसियल वेबसाइटबाट बुक गर्नुपर्नेछ । छुट प्राप्त गर्न ग्राहकहरूले बुकिङ गर्दा फारममा अर्ली बर्ड´ कोड प्रयोग गर्नुपर्ने हुन्छ । जंगल सफारी लजका कार्यकारी निर्देशक सुमन घिमिरेले यो अफर विशेषत: आन्तरिक पर्यटन प्रवर्द्धनका निम्ति ल्याइएकाे बताए ।

`कोभिडपछि अहिलेसम्म पनि पुरानै गतिमा पर्यटन नफर्केकाले यस्ता अफर ल्याएर पर्यटक आकर्षित गर्ने जमर्को गरेका हौं,´ कार्यकारी निर्देशक घिमिरेले भने । घिमिरेका अनुसार यो अफर प्राप्त गर्न कम्तीमा ३० दिन अगाडि नै बुकिङ गर्नुपर्ने हुन्छ, तर अर्ली बर्ड अफर असारमा पनि लागु हुनेछ।

जंगल सफारी लजमा ३५ वटा कोठा, सभासम्मेलनका लागि एउटा हलका साथै स्विमिङ पुलको सुविधा रहेको छ । अफर अन्तर्गत ग्राहकले २०८१ चैत्र महिनाको अन्तिमसम्म कोठा बुकिङ गर्न सकिने लजले जनाएको छ ।

प्रकाशित : जेष्ठ ३२, २०८१ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्तामा २ जना मात्रै उपस्थित भएपछि नियुक्तिमा अन्योल छाएको छ । अध्यक्ष नियुक्तिमा मुख्यरुपमा के भइरहेजस्तो लाग्छ ?

x