सरकारबाट अनुमति लिएर गुणस्तरयुक्त तेल उत्पादन गरेका छाैं : श्री केश

जेष्ठ २८, २०८१

कान्तिपुर संवाददाता

We have produced quality oil with permission from the government: Mr. Kesh

काठमाडौँ — सरकारको नीति नियममा रहेर सम्बन्धित निकायबाट उत्पादन अनुमति लिई गुणस्तरयुक्त वस्तु उत्पादन गरिरहेको सप्तऋषि ओयल एन्ड कस्मेटिक इण्डष्ट्रिले दाबी गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै कम्पनीले सप्तऋषिद्धारा उत्पादित ‘श्री केश’ ले ट्रेडमार्क समेत पाइसकेको जनाएको छ ।

तेलमा प्रयोग गरिएका कच्चा पदार्थ तेल र जडीबुटीहरु कपालको सुरक्षा पोषण उपचारमा सहयोगी गुणस्तरीय र उपयोगी रहेको कम्पनीको दाबी छ । जडीबुटी खेती, कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्दै देशको प्रमुख आयस्रोतको रूपमा रहेको जडीबुटीको क्षेत्रमा खोज, अध्ययन, अनुसन्धान एवं थप गुणस्तरीय वस्तुहरूको उत्पादन, स्वदेश एवं विदेशमा बिक्री वितरण गर्ने कम्पनीको योजना छ ।सञ्चार माध्यममा भ्रामक, कपोकल्पित, तथ्यहीन सामग्री प्रकाशित/प्रसारित भए पनि सप्तऋषिले कानुनमा तोकिएको मापदण्ड पुर्‍याएर लामो समयदेखि तेल उत्पादन गर्दै आएको जनाएको छ । 

गुणस्तरयुक्त एवं विश्वसनीय वस्तु उत्पादन गर्दै सम्पूर्ण  उपभोक्ताको अपेक्षा पुरा गरी स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै देश-विदेशमासमेत बजार विस्तार गरी देशलाई दिगो विकासको बाटोतर्फ लैजानु कम्पनीको मुख्य उद्देश्य रहेको जनाएको छ । कम्पनीबाट उत्पादित वस्तुहरुको विधि/पद्धतिअनुरुप प्रयोग गरेमा अपेक्षित लाभ लिन सकिने कम्पनीको दाबी छ ।

कान्तिपुर

Link copied successfully