चितवन — सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले देशभरका प्रदेश प्रमुख, क्षेत्रीय प्रमुख, शाखा प्रबन्धक र बिक्री प्रमुखहरुसहितको उपस्थितिमा ‘सेल्स कन्भेन्सन’ सम्पन्न गरेको छ ।
सौराहाको होटल सेभेन स्टारमा आयोजना गरिएको यस कन्भेन्सनमा कम्पनीका सञ्चालक समिति अध्यक्ष केशव प्रसाद भट्टराई, सदस्यहरु नन्द किशोर शर्मा, हेमन्त नहाटा, विवेक झा, प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का लगायत उच्च पदाधिकारीको सहभागिता थियो ।
कार्यक्रमबाट व्यवसाय, अभिकर्ता नियुक्ति र बिमालेखको आधारमा उत्कृष्टता हासिल गर्न सफल देशभरका १० जना शाखा व्यवस्थापक र १० जना बिक्री प्रमुखहरुलाई सम्मान गरिएको कम्पनीले जनाएको छ । ‘उक्त कार्यक्रममा प्रत्येक विधामा उत्कृष्ट ३ जनालाई अध्यक्षद्वारा ट्रफी तथा सम्मानपत्र हस्तान्तरण गरिएको थियो’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत खत्रीले सूर्या लाइफ र ज्योति लाइफको ऐतिहासिक सफल मर्जरपछि कम्पनीले हरेक सूचकहरुमा उल्लेख्य सफलता हासिल गर्दै गइरहेको बताउँदै समय सापेक्ष उत्कृष्ट योजना तथा नविनतम प्रविधिको अवलम्बन गर्दै देशको जीवन बिमा क्षेत्रमा उत्कृष्ट कम्पनी बनाउने प्रतिवद्धता जनाए ।
