महिन्द्राको एक्सयूभी ३०० नयाँ भेरियन्टमा, न्यूनतम मूल्य ४२ लाख ९५ हजार 

काठमाडौँ — महिन्द्राले नेपालमा नयाँ एक्सयूभी ३०० गाडी सार्वजनिक गरेको छ । यो कम्प्याक्ट एसयूभी चार भेरियन्टमा आउने र न्यूनतम मूल्य (डब्लू ४ भेरियन्टको) ४२ लाख ९५ हजारदेखि सुरु हुने कम्पनीले जनाएको छ ।

महिन्द्राको एक्सयूभी ३०० नयाँ भेरियन्टमा, न्यूनतम मूल्य ४२ लाख ९५ हजार 

डब्लू ६ भेरियन्टको ४९ लाख ९५ हजार, डब्लू ८ भेरियन्टको ५७ लाख ५० हजार रुपैयाँ र डब्लू ८ ओ भेरियन्टको मूल्य ६० लाख रुपैयाँ तोकिएको छ । एक विज्ञप्ति जारी गर्दै महिन्द्राले भनेको छ ‘शक्तिशाली इन्जिन, उन्नत सुविधा र स्टाइलिस डिजाइनको साथ एक्सयूभी ३०० ले नेपाली ग्राहकलाई असाधारण ड्राइभिङ अनुभव प्रदान गर्दछ ।’

सुरक्षालाई उच्च प्राथमिकतामा राखेर डिजाइन गरिएको यो गाडीमा डुअल फ्रन्ट एयरब्याग, ईबीडीसहितको एबीएस, रिभर्स पार्किङ सेन्सर र अन्य धेरै सुरक्षा सुविधा रहेको कम्पनीले जनाएको छ । ‘प्रत्येक यात्रामा यात्रुहरूको सुरक्षा सुनिश्चित गर्दछ’ कम्पनीले भनेको छ ‘एक्सयूभी ३०० ले ग्लोबल एनक्याप सुरक्षा परीक्षणहरूमा पनि ५–स्टार रेटिङ प्राप्त गरेको छ ।’

कम्पनीका अनुसार यस एसयूभीमा ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, स्टेयरिङ माउन्टेड कन्ट्रोल र पुस बटन स्टार्ट/स्टप जस्ता उन्नत प्रविधि सुविधा उपलब्ध छ । डब्लू ८ भेरियन्टले सनरुफ, लेदरको सिट र डुअल–जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल प्रदान गर्ने कम्पनीले जनाएको छ । १.२ लिटर टर्बो पेट्रोल इन्जिनले ११० पीएस र २०० एनएम टर्क प्रदान गर्दछ । इन्जिन ६ स्पीड म्यानुअल गियरबक्ससाग जोडिएको छ ।


प्रकाशित : वैशाख ६, २०८० २०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?