२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

उद्यमशीलता प्रबर्द्धनका लागि नेपाल र भारतका युवा उद्यमीबीच सहकार्य 

काठमाडौँ — युवा उद्यमशीलता प्रबर्द्धनका लागि नेपालका युवा उद्यमी र भारतीय युवा उद्यमी मञ्चबीच सहकार्य गर्ने समझदारी भएको छ ।  नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च र फेडेरेसन अफ इन्डियन च्याम्बर्स अफ कमर्स एण्ड इन्डस्ट्री युवा नेतृत्व मञ्च बीच युवा उद्यमीको नवीन सोच प्रवर्द्धन, प्रोत्साहन एवम् उद्यमशीलता विकासमा सहकार्य गर्ने समझदारी भएको हो ।

उद्यमशीलता प्रबर्द्धनका लागि नेपाल र भारतका युवा उद्यमीबीच सहकार्य 

समझदारी पत्रमा नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च अध्यक्ष प्राची अग्रवाल र फेडेरेसन अफ इन्डियन च्याम्बर्स अफ कमर्स एण्ड इन्डस्ट्री युवा नेतृत्व मञ्च शाश्वत गोयन्काले हस्ताक्षर गरे । हालै भारतको नयाा दिल्लीमा भएको फिकी ग्लोबल लिडर समिटमा नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च र फेडेरेसन अफ इन्डियन च्याम्बर्स युवा नेतृत्व मञ्चबीच उक्त समझदारी भएको छ । यस समझादारी अनुसार दुई देशका युवा नेतृत्व, युवा उद्यमीहरुबीच विभिन्न समयमा छलफल, अन्तर्क्रिया, भ्रमण, युवा उद्यमीलाई प्रोत्साहन लगायतका कार्यक्रम गरिने परिसंघले जनाएको छ ।


प्रकाशित : चैत्र १०, २०७९ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?