इन्भेस्टमेन्ट मेगा बैंकको फिनपोसमा नेपालपे ट्याप र क्यूआर गर्न सकिने - बजार - कान्तिपुर समाचार

इन्भेस्टमेन्ट मेगा बैंकको फिनपोसमा नेपालपे ट्याप र क्यूआर गर्न सकिने 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले एनसीएचएल तथा सिटीटेकसँगको सहकार्यमा फिनपोसबाट नेपालपे ट्याप र नेपाल पे क्यूआर भुक्तानी सेवा थालनी गरेको छ ।  ग्राहकले अब मर्चेन्ट प्वाइन्टहरुको फिनपोस डिभाइसहरुमा आफ्नो एनएफसी उपलब्ध रहेको स्मार्टफोन ट्याप गरी भुक्तानी गर्न सक्नेछन् । भुक्तानीका बेला एनएफसी भने सक्रिय रहेको हुनुपर्दछ ।

अब इन्टरनेट बिना पनि ग्राहकले नेपालपे ट्याप मार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् । डायनामिक नेपालपे क्यूआरलाई पनि बैंकले आफ्नो फिनपोसमा सुरुवात गरेको छ । उक्त फिनपोसमा उपलब्ध क्यूआर भुक्तानीको लागि कुनै पनि मोबाइल बैंकिङ, वालेट वा कनेक्ट आईपीएस प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।


प्रकाशित : माघ २४, २०७९ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्

पर्यटन विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री गिरी

सन्जु पौडेल

तिलोत्तमा — लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले मुलुकको पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रले महत्त्वपूर्ण योगदान दिएको बताएका छन् । उनले अर्थतन्त्र विकासको मुख्य आधारमध्ये पर्यटन क्षेत्र एक भएको भन्दै निजी क्षेत्रले यसमा खेल्दै आएको भूमिकाको प्रशंसा गरे ।

सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिको २५ औं वार्षिक उत्सव समारोहमा बोल्दै मुख्यमन्त्री गिरीले लुम्बिनी प्रदेश सरकारले पनि कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधारसँगै पर्यटन क्षेत्रलाई पनि मुख्य प्राथमिकतामा राखेर काम गर्ने बताए ।

‘आगामी दिनमा पर्यटन क्षेत्रमा मुलुकका धेरै नागरिक सामेल हुनेछन् । त्यसमा पनि लुम्बिनी प्रदेशवासीको ठूलो योगदान रहनेछ,' मुख्यमन्त्री गिरीले भने ।

पछिल्लो समय पर्यटन क्षेत्रमा केही समस्या देखिएको भन्दै उनले प्रदेश सरकारले निजी क्षेत्रका समस्या समाधान गर्दै दिगो विकासमा ध्यान दिने बताएका थिए ।

‘निजी क्षेत्रबाट लगानी थपिइरहेको छ, पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि रात्रिकालीन बजारको आवश्यकता छ’, उनले भने, ‘यसबारेमा प्रदेश सरकारले पनि महशुस गरेको छ ।'

पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खँंणले सिद्धार्थ ग्रुपले आर्थिक तथा पर्यटन विकासमा अनुकरणीय तथा उल्लेखनीय कार्य गर्दै आएको बताए । पछिल्लो समय आफू गृहमन्त्री हुँदा पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि राति १२ बजेसम्म रेष्टुरेण्ट तथा पसल खोल्न पाउनुपर्छ भन्ने नीतिगत तथा मन्त्रिपरिषद्‍बाट निर्णय गराएको र यसले व्यवसायीमा उत्साह ल्याएको पनि गिरीले बताए ।

प्रकाशित : माघ २४, २०७९ २०:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×