काठमाडौँ — सेन्चुरी फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी एक्स्पो शुक्रबार (भदौ ३१) बाट काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । यो एक्स्पो खाद्य, पेय पदार्थ र आतिथ्यतामा विशेष केन्द्रित रहने आयोजक सेन्चुरी फुड एण्ड बेभरेजले जनाएको छ ।
विगतका दशकमा होटल, रेस्टुरेन्ट, बार, क्याफे, बेकरी र पार्टीप्यालेसहरू अपेक्षाभन्दा धेरै बढेको छन् । त्यसैगरी, टेकअवे फूड आउटलेट, फास्ट फुड क्याफे, किराना पसल र सुपर मार्केट पनि उल्लेख्य संख्यामा खुलेका छन् । यस कार्यक्रम मार्फत् आगन्तुकहरुले खाना, पेय पदार्थ र आतिथ्य उत्पादन तथा सेवाहरूको बारेमा विस्तृत रुपमा बुझ्न पाउनेछन् । एक्स्पोमा १५० कम्पनीहरुबाट करिब ५ हजार उत्पादन र सेवा प्रस्तुत गरिने आयोजकको भनाइ छ ।
एक्स्पोमा करिब ३० हजार सहभागी हुने आयोजकको अनुमान छ । जसमध्ये व्यापारिक आगन्तुक १२ हजारभन्दा बढी हुने अनुमान छ । यसले होटल व्यवसायीहरू, रेस्टुरेन्ट संचालक तथा प्रबन्धकहरू, क्लब, पार्टीप्यालेसका मालिक, प्रबन्धकहरू, क्यान्टिन सञ्चालक , स्कूल, कलेज, होस्टल, अस्पताल लगायतमा खाना पकाउने सेफहरुको एक्स्पोमा उपस्थिति हुनेछ ।
