बिहे नेपालको ‘भीआईपी क्लब’- बजार - कान्तिपुर समाचार

बिहे नेपालको ‘भीआईपी क्लब’

छ महिनाको 'सब्सकृप्सन' लिँदा १० हजार रुपैयाँ र १ वर्षको लिँदा १५ हजार रुपैयाँ
कान्तिपुर संवाददाता

काठमाडौँ — म्याट्रिमोनियल एप बिहे नेपालले बिहीबार ‘भीआईपी क्लब’ सार्वजनिक गरेको छ । प्रयोगकर्ताको माग अनुसार नै ‘भीआईपी क्लब’ बजारमा ल्याइएको बिहे नेपालले जनाएको छ । नेपाल विज्ञापन संघ आनका पूर्व अध्यक्ष तथा एडगुरु निर्मलराज पौडेलले भीआईपी क्लबकाे उद्घाटन गरेका थिए । 

बिहे नेपाल भीआईपी क्लबमा जोडिन प्रयोगकर्ताहरुले आफ्नो आधिकारिक कागजपत्र र फोटोसहित अनलाइन दर्ता गर्नु पर्नेछ ।यसरी दर्ता गर्दा भीआईपी क्लबका सदस्यहरुकाे प्रोफाइल गोप्य रहने कम्पनीले जनाएको छ । सदस्यहरुले भीआईपी क्लब सदस्य वा स्ट्यान्डर्डका सदस्यहरुसँग सञ्जालमा रही जीवनसाथी भेटाउन सक्नेछन् । छ महिनाको 'सब्सकृप्सन' लिँदा १० हजार रुपैयाँ र १ वर्षको लिँदा १५ हजार रुपैयाँ पर्ने बिहे नेपालकी निर्देशक श्रद्धा कटुवालले बताइन् ।

क्लबका सदस्यहरुले अन्य विशेष सुविधाहरु समेत पाउने कम्पनीले जनाएको छ । कटुवालका अनुसार बिहे नेपालका सदस्यहरुलाई ब्याल्क कार्ड उपलब्ध गराइने छ, जसबाट नेपालभरका विभिन्न आउटलेट, स्टोरहरुमा अफर र गिफ्ट भौचर पाउन सक्नेछन् । औपचारिक रुपमा सार्वजनिक भएको ७ महिनाको अवधिमा बिहे नेपालमा ५० हजार भन्दा धेरै प्रयोगकर्ता जोडिसकेका छन् । स्ट्यान्डर्ड मेम्बर र भीआईपी मेम्बर गरी यसमा दुई किसिमको सदस्यता छ । स्ट्यान्डर्ड सदस्यता निःशुल्क छ भने भीआईपी स्दस्यता सःशुल्क हो ।

प्रकाशित : भाद्र २४, २०७९ १५:१७
प्रतिक्रिया
पठाउनुहोस्

वर्षाले माइतीघर जलमग्न

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — काठमाडौं उपत्यका लगायत विभिन्न स्थानमा शुक्रबार वर्षा भयो । वर्षासँगै काठमाडौंका विभिन्न स्थानमा पानी जमेर यात्रुले सास्ती भोग्नु परेको छ। सवारीको अत्यधिक चाप हुने स्थानमध्ये माइतीघरमा पनि वर्षा सुरु भएको केही बेरमै पानी जमेर तलाउ जस्तै बनेको थियो ।

वर्षाका कारण पानी जम्दा यहाँ सवारीसाधनहरूको ठूलो जाम भएको थियो । कतिपय सवारीसाधनभित्र पानी पस्दा घण्टौं रोकिएका छन्। माइतीघर चोकमै पानी जमेर तलाउ बन्दा ठूलो संख्यामा यात्रुहरूलाई आवतजावतमा कठिनाइ भएको थियो । वर्षाका कारण सवारी अवरुद्ध हुँदा ट्राफिक प्रहरी र महानगरका कर्मचारीको टोलीलाई पानीको निकास खुलाउन मुस्किल परेको थियो ।


प्रकाशित : भाद्र २४, २०७९ १५:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×