कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

महिन्द्राको एसपी प्लस सिरिजका ट्रयाक्टर बजारमा 

काठमाडौँ — महिन्द्राको ट्रयाक्टर एसपी प्लसका सिरिज नेपाली बजारमा भित्रिएको छ ।  ईएलएस डीआई इन्जिनद्वारा सञ्चालित ३० एचपीदेखि ५० एचपी सम्मका श्रेणीमा यी ट्रयाक्टर बजारमा आएको महिन्द्राले जनाएको छ । कम्पनीका अनुसार ट्रयाक्टर सिरिजमा चार हर्सपावर प्वाइन्ट– २७५ डीआई एसपीप्लस (३९ एचपी), ४१५ डीआई एसपीप्लस (४२ एचपी), ५७५ डीआई एसपीप्लस (४७ एचपी) र ५८५ डीआई एसपीप्लस (५० एचपी) मा विस्तारित मोडलहरू समावेश छन् । 

महिन्द्राको एसपी प्लस सिरिजका ट्रयाक्टर बजारमा 

६ वर्षे वारेन्टी अफर गरी बजारमा ट्रयाक्टरहरु ल्याइएको हो । नयाँ महिन्द्रा एसपी प्लस ट्रयाक्टरहरु जेठ ७, ८ र ९ गते क्रमश: विर्तामोड, विराटनगर र जनकपुरमा बिक्री शुभारम्भ गरिएको छ । नयाँ एसपी प्लस सिरिजको ट्रयाक्टर यसै हप्तासम्ममा वीरगन्ज, चितवन र नेपालगन्जमा पनि सार्वजनिक हुने महिन्द्राले जनाएको छ ।

महिन्द्रा एण्ड महिन्द्राका कृषि उपकरण क्षेत्र, अन्तर्राष्ट्रिय कार्य सञ्चालन प्रमुख प्रकाश वाकंनकरका अनुसार यसले किसानको लागत कम गराई उत्पादकत्वमा टेवा पुऱ्याउन मद्दत गर्नेछ । उनले भने ‘यो शक्तिशाली, कुशल इन्धन सिरिजले किसानहरूलाई आफ्नो कमाइको क्षमता सक्षम बनाउँछ, यसले बजारमा हाम्रो स्थिति थप मजबुत बनाउनेमा ढुक्क छौं ।’ शुभारम्भको अवसरमा अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले यस सिरिजमा उद्योगमै अग्रणी ६ वर्षे वारेन्टी पनि दिइने गरेकाले किसानलाई ढुक्क भएर काम गर्न सघाउ पुग्नेछ ।


प्रकाशित : जेष्ठ १०, २०७९ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?