काठमाडौँ — आईएमई लाइफ इन्स्योरेन्सले कञ्चनपुरको पुनर्वास नगरपालिकामा शाखा विस्तार गरेको छ । शाखा उद्घाटनका क्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले सूदुरपश्चिमका जनतामा जीवन बीमाको पहुँच तथा जागरुकताको लागि यो शाखा कोशेढुंगा सावित हुने दावी गरे ।
कम्पनीले चाँडै नै आइपिओ मार्फत सर्वसाधारणलाई शेयर बिक्री गर्ने फुयाँलले बताए । अझै थुप्रै शाखाहरु आफ्नो योजनाको प्राथमिकतामा रहेको उनले जानकारी दिए । उक्त शाखाबाट सुदूरपश्चिम तथा पुनर्वास नगरपालिकाका स्थानीयलाई सहज रुपमा बीमा सेवा प्रदान हुने कम्पनीका सुदूरपश्चिम क्षेत्रीय प्रबन्धक सुमन तिमिल्सिनाको भनाइ छ ।
हाल कम्पनीका देशभर १३४ वटा शाखातथा उप-शाखा संचालनमा छन् । कम्पनीमा हाल २ लाख ७ हजार ४३४ बीमित छन् भने २३ हजार ४१४ अभिकर्ता छन् ।
