नेपालमा आईफोन-१३ को प्रि–बुकिङ खुल्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — एप्पलको लागि नेपालमा एकमात्र आधिकारिक वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेशनले आईफोन–१३ सिरिजको लागि प्रि–बुकिङको घोषणा गरेको छ ।

नेपालमा आईफोन-१३ को प्रि–बुकिङ खुल्यो

अमेरिकामा २४ सेप्टेम्बरबाट सुरुआत भएको यो फोनको नेपालमा कात्तिक १२ (अक्टोबर २९) बाट वितरण हुने कम्पनीले जनाएको छ । यसको पहिलो लट सीमित स्टकका साथ प्रि–बुकिङको माध्यमबाट उपलब्ध गराइने जेनेरेसन नेक्स्टले जनाएको छ ।

आईएमई पे एप्लिकेसनको प्रयोग गरी नयाा आईफोनको प्रि–बुकिङ गर्न सकिनेछ । फोनमा १ बर्षको वारेन्टी उपलब्ध गराइने कम्पनीले जनाएको छ । फोनको क्यामेरामा एक सिनेम्याटिक मोडको सुविधा छ, जुन ‘फोर के’ भिडियोको लागि पनि उपयुक्त रहेको कम्पनीको दावी छ ।

यसको प्रि–बुकिङ गर्दा ९ हजार ९ सय ९९रुपैयाा आइएमई पे एपबाट भुक्तानी गर्नुपर्नेछ ।

जीबीअनुसार आईफोनको मूल्य (रुपैयाँमा)

आइफोन १३

१२८ जीबी

१,३७,९९०

२५६ जीबी

१,५४,९९०

५१२ जीबी

१,८९,९९०

आइफोन १३ मिनी

१२८ जीबी

१,२०,९९०

२५६ जीबी

१,३७,९९०

५१२ जीबी

१,७१,९९०

आइफोन १३ प्रो

१२८ जीबी

१,७४,९९०

२५६ जीबी

१,८९,९९०

५१२ जीबी

२,२४,९९०

टीबी

२,५५,९९०

आइफोन १३ प्रोम्याक्स

१२८ जीबी

१,८९,९९०

२५६ जीबी

२,०५,९९०

५१२ जीबी

२,३९,९९०

टीबी

२,७४,९९०

प्रकाशित : कार्तिक ४, २०७८ १९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?