काठमाडौँ — एप्पलको लागि नेपालमा एकमात्र आधिकारिक वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेशनले आईफोन–१३ सिरिजको लागि प्रि–बुकिङको घोषणा गरेको छ ।
अमेरिकामा २४ सेप्टेम्बरबाट सुरुआत भएको यो फोनको नेपालमा कात्तिक १२ (अक्टोबर २९) बाट वितरण हुने कम्पनीले जनाएको छ । यसको पहिलो लट सीमित स्टकका साथ प्रि–बुकिङको माध्यमबाट उपलब्ध गराइने जेनेरेसन नेक्स्टले जनाएको छ ।
आईएमई पे एप्लिकेसनको प्रयोग गरी नयाा आईफोनको प्रि–बुकिङ गर्न सकिनेछ । फोनमा १ बर्षको वारेन्टी उपलब्ध गराइने कम्पनीले जनाएको छ । फोनको क्यामेरामा एक सिनेम्याटिक मोडको सुविधा छ, जुन ‘फोर के’ भिडियोको लागि पनि उपयुक्त रहेको कम्पनीको दावी छ ।
यसको प्रि–बुकिङ गर्दा ९ हजार ९ सय ९९रुपैयाा आइएमई पे एपबाट भुक्तानी गर्नुपर्नेछ ।
जीबीअनुसार आईफोनको मूल्य (रुपैयाँमा)
आइफोन १३ | १२८ जीबी | १,३७,९९० |
| २५६ जीबी | १,५४,९९० |
| ५१२ जीबी | १,८९,९९० |
आइफोन १३ मिनी | १२८ जीबी | १,२०,९९० |
| २५६ जीबी | १,३७,९९० |
| ५१२ जीबी | १,७१,९९० |
आइफोन १३ प्रो | १२८ जीबी | १,७४,९९० |
| २५६ जीबी | १,८९,९९० |
| ५१२ जीबी | २,२४,९९० |
| १ टीबी | २,५५,९९० |
आइफोन १३ प्रोम्याक्स | १२८ जीबी | १,८९,९९० |
| २५६ जीबी | २,०५,९९० |
| ५१२ जीबी | २,३९,९९० |
| १ टीबी | २,७४,९९० |
