अर्घाखाँचीलाई ४३ ग्रेडको अनुमति

काठमाडौँ — अर्घाखाँची सिमेन्ट लिमिटेडले उत्पादन गरिरहेको अर्घाखाँची ओपिसी सिमेन्टले ४३ ग्रेड सिमेन्टको इजाजत प्राप्त गरेको छ ।

नेपाल गुणस्तर तथा नापतौल विभागले एनएचएस–५७२ प्रमाणीकरण गरी कम्पनीलाई उक्त ग्रेडको प्रमाणपत्र हस्तान्तरण गरेको हो ।
गुणस्तरीय सिमेन्ट उत्पादन र बिक्रीवितरणलाई सधैं प्राथमिकतामा राखेको कम्पनीले जनाएको छ ।
‘हालसम्म ३३ ग्रेड सो सहरको मान्यता पाइरहेको हाम्रो उत्पादनलाई ४३ ग्रेडको प्रमाणीकरणले आम उपभोक्तालाई अर्घाखाँचीका उत्पादन प्रयोग गर्न थप निश्चिन्त बनाउनेछ,’ कम्पनीका महाप्रबन्धक उद्धव कार्कीले भने ।
गत आर्थिक वर्ष पब्लिक लिमिटेडमा परिणत भएसँगै कम्पनीले आर्इपीओमा जाने तयारीसमेत थालेको जनाएको छ ।